१ मंसिर, २०८१ शनिबार

07:18:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सूचीकृत कम्पनीलाई नेप्सेले गर्यो वर्गीकरण, कुन वर्गमा कस्ता कम्पनी ? (सूचीसहित)

६ चैत, २०७८

नेप्सले सूचीकृत कम्पनीलाई ’ए’, ’बी’, ’जी’ र ’जेड’ गरी ४ वर्गमा विभाजन गरेको हो ।

सूचीकृत कम्पनीलाई नेप्सेले गर्यो वर्गीकरण,  कुन वर्गमा कस्ता कम्पनी ?  (सूचीसहित)

काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीकोे वर्गिकरण गरेको छ । नेप्सले सूचीकृत कम्पनीलाई ’ए’, ’बी’, ’जी’ र ’जेड’ गरी ४ वर्गमा विभाजन गरेको हो । नेप्सले वर्गिकरण गरेको ‘ए’ वर्गमा २५ वटा वणिज्य बैंक, ४ वटा विकास बैंक, २ वटा फाइनान्स, एउटा लघुवित्त, ३ वटा हाइड्रोपावर र एउटा उत्पादन समूहका कम्पनी रहेको छ ।

यसैगरी समूह ‘बी’ मा ९ वटा कम्पनी परेका छन्। जसमा २ वटा फाइनान्स कम्पनी, ४ वटा लघुवित्त संस्था, २ वटा हाइड्रोपावर कम्पनी र एउटा लगानी कम्पनी रहेको छ ।  यस्तै ’जी’ वर्गमा ८ वटा लघुवित्त, ५ वटा लाइफ इन्स्योरेन्स, ३ वटा नन लाइफ इन्स्योरेन्स, १४ वटा हाइड्रोपावर, एउटा होटल, ४ वटा लगानी समूहका कम्पनी र अन्य समूहको एउटा कम्पनी परेका छन् ।

‘जेड’ वर्गमा भने १ वाणिज्य बैंक, १२ वटा विकास बैंक, १६ वटा फाइनान्स कम्पनी, ४० वटा लघुवित्त संस्था, ७ वटा जीवन बीमा कम्पनी, १५ वटा निर्जीवन बीमा कम्पनी, २८ वटा जलविद्युत कम्पनी, ४ वटा व्यापार समूहका कम्पनी, १८ वटा उत्पादन तथा प्रशोधन समूहका कम्पनी, होटेल तथा पर्यटन समूहका ४ वटा कम्पनी, अन्य समूहका २ वटा कम्पनी र लगानी समूहको एउटा कम्पनी परेका छन् ।