१ मंसिर, २०८१ शनिबार
07:08:23 PM
६ चैत, २०७८
आइतबार २२४ वटा कम्पनीको ४२ लाख ८७ हजार ५ सय ६९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २७ करोड ४६ लाख २६ हजार १ सय ९१ रूपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौं
साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.६७ अंकले घटेर २६१६.५८ विन्दुमा पुगेको छ । नेप्से ०.५६ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.०१ अंकले घटेर ४९४.३८ विन्दुमा पुगेको छ ।
आइतबार २२४ वटा कम्पनीको ४२ लाख ८७ हजार ५ सय ६९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २७ करोड ४६ लाख २६ हजार १ सय ९१ रूपैयाँ बराबरको कारोबार भएको छ । आइतबार सर्वाधिक कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।
यस दिन इन्स्योरेन्स कम्पनीको १६ करोड २९ लाख ४९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । आइतबार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ६ सय २५ रूपैयाँ ९० पैसा पुगेको छ । इमर्जिङ्ग नेपालको मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । इमर्जिङ्ग नेपालको मूल्य ४७ रुपैयाँ २० पैसा बढेर ५१९ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।