१० मंसिर, २०८१ सोमबार

05:46:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भर्ने होइन त ? धमाधम खुल्दैछन् यी कम्पनीको आईपीओ

६ चैत, २०७८

ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुल्ला गर्ने

भर्ने होइन त ? धमाधम खुल्दैछन् यी कम्पनीको आईपीओ

काठमाडौं ।
आईपीओ आउन लागेको छ भनेपछि जो कोहीलाई पनि चासो लाग्ने गर्छ । पछिल्लो समय आईपीओमा लगानीकर्ताहरुको आकर्षण बढ्ने गरेको छ । जुनसुकै कम्पनीले आईपीओ निष्काशन गरे पनि सो कम्पनीको आईपीओमा माग भन्दा धेरै गुणा बढी आवेदन पर्ने गरेको छ ।

माग भन्दा बढी आवेदन पर्ने भएकाले १० कित्ता सेयर पर्न पनि मुस्किल पर्ने गरेको छ । तर पनि लगानीकर्ताहरुले आवेदन दिन भने छाडेका छैनन् । पछिल्लो समय करिब ६ महिनासम्म रोकिएको साधारण सेयर (आईपीओ) अहिले माघ महिनादेखि धमाधम खुल्न थालेका छन् । माघमा जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुलेर बाँडफाँड पनि सम्पन्न भइ दोस्रो बजारमा समेत कारोबार भइसकेको छ । त्यस्तै, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खुलेर बाँडफाँड पनि सम्पन्न भइ दोस्रो बजारमा समेत कारोबार भइसकेको छ ।

त्यस्तैगरी नेष्डो समृद्ध लघुवित्तको आईपीओमा खुलेर बाँडफाँड भइसकेको छ । इमर्जिङ नेपाल लिमिटेडले पनि आईपीओ खुलाएको थियो । अब ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुल्ला गर्ने भएको छ। कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो।

जसमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । यस्तै ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरेर बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सर्वसाधारणमा विक्री गरिने कम्पनीले जनाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेवन) का अनुसार साधारण सेयर (आईपिओ) निष्कासन तथा स्वीकृतिको पर्खाइमा २६ वटा कम्पनीहरु रहेका छन् । यिनीहरुले अब एक डेढ महिनाभित्र स्वीकृती पाइसक्ने जनाइएको छ । आईपिओ निष्काशनको पर्खाइमा रहेका अधिकांश हाइड्रोपावर कम्पनी छन्।

आईपीओ निष्काशनको  पर्खाइमा रहेका कम्पनीहरु

१. मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि साउन १ गते धितोपत्र बोडमा निवेदन दिएको छ । कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता साधारण सेयर (आईपिओ) निष्कासन गर्न लागेको हो । कम्पनीले आईपिओ निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

२. रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासनका लागि साउन १२ गते धितोपत्र बोडमा निवेदन दिएको छ । कम्पनीले ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।

३. थ्रि स्टार हाइड्रोपावर कम्पनी लिमिटेड

थ्रि स्टार हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासनका लागि धितोपत्र बोर्डमा साउन १७ गते निवेदन दिएको छ । कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरका १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

४. सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेड

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन तथा विक्री खुला गर्नका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकको काम बोक क्यापिटल मार्केट लिमिटेड गर्नेछ।

५. कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेड

कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि साउन ३२ गते बोर्डमा अनुमति मागेको छ । कम्पनीले २ करोड ४३ लाख ७३ हजार ५०० रुपैयाँ बराबरको २ लाख ४३ हजार ७३५ कित्ता आईपीओ निष्कासन गर्नका लागि अनुमति मागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमवी क्यापिटल लिमिटेड रहेको छ।

६. इष्ट्रन हाइड्रोपावर कम्पनी लिमिटेड

इष्ट्रन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन लागि मंसिर २४ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको काम एनएमवी क्यापिटलले गर्नेछ ।

७. आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनका लागि असोज २० गते बोर्डमा अनुमति मागेको छ । कम्पनीले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा अनुमति मागेको हो । कम्पनीको आईपीओनिष्कासन तथा विक्री प्रबन्धकमा बोक क्यापिटल मार्केट लिमिटेड रहेको छ।

८. सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेड

सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि मंसिर २० गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ निष्कासनका लागि मंसिर २० गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

९. सान्जेन जलविद्युत कम्पनी लिमिटेड

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि मंसिर २० गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सिटिजन इनभेष्टमेन्टले गर्नेछ ।

१०. रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेड

रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न पुस २३ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

११. पिपुल्स पावर कम्पनी लिमिटेड

पिपुल्स पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न पुस २७ गते  धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७४० कित्ता आईपीओ निष्कासन गर्न लागेकोे हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

१२. रिभर फल्स पावर लिमिटेड

रिभर फल्स पावर लिमिटेडले पनि आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । ३४ लाख ३० हजार कित्ता सेयर निष्काशन गर्ने लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

१३. एशियन हाइड्रोपावर कम्पनी लिमिटेड

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि पुस ११ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक एनएमवी क्यापिटल रहेको छ ।

१४. सयपत्री हाइड्रोपावर

सयपत्री हाइड्रोपावरले पनि आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सेयर निष्काशन गर्ने लागेको हो। कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ ।

१५. उपकार लघुवित्त

उपकार लघुवित्तले पनि आईपीओ निष्कासन गर्ने जनाएको छ । यस कम्पनीले २ करोड ६६ लाख २५ हजार बराबरका २ लाख ६६ हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआइ मेर्चेन्ट रहेको छ ।

१६. आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशनको लागि बोर्डमा निवेदन दिएको छ । यसको निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

१७. राप्ती हाइड्रो जनरल कन्ट्रक्सन

राप्ती हाइड्रो जनरल कन्ट्रक्सनले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २९ लाख ४१ हजार ४१० कित्ता आइपिओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

१८. सिवाइसि नेपाल लघुवित्त

सिवाइसि नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासनको लागि बोर्डसँग अनुमति मागेको छ ।

१९. डिशहोम

डिशहोमले पनि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २३ करोड ८५ लाख ९२ हजार ९०० बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहनेछ ।

२०. अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले पनि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३३ लाख ७ हजार ५०० कित्ता सेयरका लागि बोर्डसँग अनुमति मागेको हो ।

२१. श्वेतगंगा हाइड्रोपावर

श्वेतगंगा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ४७ लाख ७९ हजार कित्ता सेयर निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो ।

२२ दोर्दी खोला जलविद्युत कम्पनी

दोर्दी खोला जलविद्युत कम्पनीले आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता सेयर निष्कासन गर्दैछ ।

२३. विन्धवासिनी हाइड्रोपावर

विन्धवासिनी हाइड्रोपावरले आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले २५ लाख कित्ता सेयरका लागि आवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल रहनेछ ।

२४. हिमालयन हाइड्रोपावर कम्पनी

हिमालयन हाइड्रोपावर कम्पनीले पनि आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता सेयर निष्कासनको लागि बोर्डसँग अनुमति मागेको हो ।

२५ अपर हेवाखोला हाइड्रो पावर

अपर हेवाखोला हाइड्रो पावर कम्पनीले आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावितका लागि ५ लाख र सर्वसाधारणका लागि १५ लाख कित्ता सेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएका हो ।

२६. मन्दाकिनी हाइड्रोपावर

मन्दाकिनी हाइड्रोपावरले पनि आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले १७ लाख ६४ हजार ११० कित्ता सेयरका लागि बोर्डसँग अनुमति मागेको हो ।