२८ चैत, २०८१ बिहिबार
12:07:56 PM
६ चैत, २०७८
कास्की । पोखरा महानगरपालिका (३०) पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी पश्चिम सुस्ता गाउँपालिका २ रुपौलिका कुलदेव कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख ८६२१ नम्बरको बसमा सवार कुमालको साथमा रहेको २२ लाख रुपैयाँको स्रोत नखुलेपछि नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले स्रोत नखुल्ने नगद बोकेर यात्रा नगर्न समेत सबैलाई सचेत गराउँदै आएको छ ।
यसैगरी प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा अष्ट्रेलिया लैजान लागेको १९ हजार ६ सय अष्ट्रेलियन डलर सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
अष्ट्रेलिया जान लागेकी रन्जिता श्रेष्ठसंग कुनै पनि प्रमाण नरहेको १९ हजार ६ सय अष्ट्रेलियन डलर भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।