१ मंसिर, २०८१ शनिबार
09:42:05 PM
६ चैत, २०७८
‘केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भिर हो । यो सामान्य बिषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस् ।’
काठमाडौं ।
अर्थमन्त्री जनादर्न शर्माले केहि दिन अघि नेप्से बन्द भएको विषयमा छानबिन गर्न निर्देशन दिनुभएको छ । मन्त्री शर्माले फागुन ३० गते सोमबार सेयर कारोबार बन्द भएकोबारे छानबिन गर्न निर्देशन दिनुभएको हो ।
अर्थ मन्त्रालयमा आयोजित मन्त्रालय मातहतका निकायको दोस्रो त्रैमासिक समीक्षा कार्यक्रममा मन्त्री शर्माले नेप्से बन्द भएको बिषयमा ध्यानाकर्षण भएको भन्दै सो बिषयबारे तत्काल छानबिन गर्न नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अधिकारीहरुलाई निर्देशन दिनुभएको हो ।
उहाँले यस्ता समस्या बारम्बार दोहोरिन नदिन पनि निर्देशन दिनुभएको छ । मन्त्री शर्माले भन्नुभएको छ, ‘केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भिर हो । यो सामान्य बिषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस् ।’ ‘यो प्राविधिक बिषय मात्र होइन जस्तो लाग्छ । यसले समग्र पूँजी बजारलाई नै असर गरेको छ ।’ तत्काल छानबिन गर्नुहोस् ।’
उत फागुन ३० गते टीएमएसमा समस्या आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबार स्थगित गरेको थियो । उक्त दिन १२ः५३ बजेदेखि टीएमएसमा समस्या आएपछि त्यो दिनका लागि कारोबार बन्द भएको थियो ।