४ जेठ, २०८१ शुक्रबार

08:17:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल लाईफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन

६ चैत, २०७८

सभाले हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६० बराबर ४० अनुपातलाई परिवर्तन गरी ५१.४९ प्रतिशत कायम गर्ने

नेपाल लाईफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन

काठमाडौं
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांंश सुरक्षित गर्ने आज (चैत ६ गते आइतबार) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ भोली (चैत ७ गते) बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज ६ चैत्रसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउन र साधारणसभामा सहभागि हुन सक्नेछन् ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद लाभांश गरी कूल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न इन्स्योरेन्सले चैत २१ गते २१ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा होटल भिस्वा, वीरगंजमा बिहान ९ गतेदेखि सुरु हुनेछ।

सभाले हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६० बराबर ४० अनुपातलाई परिवर्तन गरी ५१.४९ प्रतिशत कायम गर्ने, सञ्चालक समितिमा संस्थापक सेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने, कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गर्ने लगायलका प्रस्तावहरु पारित गर्ने छ ।