६ जेठ, २०८१ आइतबार

04:14:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साँच्चै मुलुकमा निर्माण ‘होली­-डे’ होला ? व्यवसायी त्यसको तयारीमा जुटेका हुन् ?

५ चैत, २०७८

बजारमा निर्माण सामग्रीको मूल्य अस्वभाविक रुपमा वृद्धि भएकाले त्यसको नियन्त्रण नभएसम्म निर्माण होली-­डे मनाउने उनीहरुले सार्वजनिक रुपमै भनेका छन्

साँच्चै मुलुकमा निर्माण ‘होली­-डे’ होला ?  व्यवसायी त्यसको तयारीमा जुटेका हुन् ?

नेपाल विजनेश समाचारदाता,

काठमाडौँ, 
मुलुकका बैंकहरुमा तरलताको चरम अभाव छ । लामो समयदेखि बैंकले कर्जा प्रवाह गर्न सकिरहेको छैन भने व्याज दर बढ्दो छ । 

महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंह भन्नुहुन्छ, “हामी निर्माण होली-­डे मनाउन बाध्य भएका छौँ, बजारभाउ अप्रत्याशित बढेकाले त्यसको नियन्त्रणका लागि यो कदम चाल्दै छौँ ।”

सरकारी ढुकुटीको रकम (विकास खर्च) न्युन खर्च भइरहेको छ । तर यता पेट्रोलियम पदार्थको मुल्य आकासिंँदो छ, बजारभाउ महँगो भइरहेको छ । 

जसको प्रत्यक्ष असर निर्माण सामग्री तथा त्यसका कच्चापदार्थमा परेको जनाउँदै निर्माण व्यवसायी ‘कन्स्ट्रक्सन होली­डे’ गर्ने निष्कर्षमा पुगेका छन् । 

बजारमा निर्माण सामग्रीको मूल्य अस्वभाविक रुपमा वृद्धि भएकाले त्यसको नियन्त्रण नभएसम्म निर्माण होली-­डे मनाउने उनीहरुले सार्वजनिक रुपमै भनेका छन् ।

निर्माण सामग्री, नदीजन्य पदार्थ, विटुमिन, सिमेन्ट फलाम, छड, पातालगायत हरेक कुरामा मूल्य घटनाउनु पर्ने नत्र होली­डे गर्ने चेतावनी सरकारलाई दिएका छन् ।

महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंह भन्नुहुन्छ, “हामी निर्माण होली-­डे मनाउन बाध्य भएका छौँ, बजारभाउ अप्रत्याशित बढेकाले त्यसको नियन्त्रणका लागि यो कदम चाल्दै छौँ ।” उहाँका अनुसार  विटुमिन ६० बाट झण्डै दोब्बर भएको छ । 

डण्डीको मुल्य ६०÷६२ को हाराहारी थियो, अहिले १२५ भन्दा माथि पुगिसकेको छ । यसले निर्माणको काम थेग्न सक्ने अबस्था नरहेको व्यवसायीहरु बताउँछन् । त्यसैल अब काम रोक्नुको विकल्प नहुने उहाँहरुको भनाइ छ ।