१ मंसिर, २०८१ शनिबार

09:32:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फागुन महिनामै दोस्रो बजारमा ३० करोडभन्दा बढि कित्ता धितोपत्र सूचीकृत, कति थपियो कित्ता बोनस सेयर ?

५ चैत, २०७८

माघ महिनामा ३ करोड ६० लाख १६ हजार १२१.३७ कित्ता शेयर कारोबार भएको थियो ।

फागुन महिनामै दोस्रो बजारमा ३० करोडभन्दा बढि कित्ता धितोपत्र सूचीकृत, कति थपियो कित्ता बोनस सेयर ?

काठामाण्डौं–धितोपत्र दोस्रो बजारमा ३० करोड २१ लाख ९६ हजार २७७.९० कित्ता धितोपत्र सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार फागुन महिनामा मात्र ३० करोड २१ लाख ९६ हजार २७७.९० कित्ता धितोपत्र सूचीकृत भएको हो । 

माघ महिनाको तुलनामा फागुन महिनामा दोस्रो बजारमा धितोपत्रको आपूर्ति बढी देखिएको नेप्सेले जनाएको छ । माघ महिनामा ३ करोड ६० लाख १६ हजार १२१.३७ कित्ता शेयर कारोबार भएको थियो ।

दोस्रो बजारमा आईपीओ, बोनस शेयर, विकास ऋणपत्र र ऋणपत्र गरि उल्लेखित संख्यामा धितोपत्रहरु थप भएको नेप्सेले जनाएको छ । यस्तै पुस मसान्तसम्म सम्पन्न गरेका धेरै जसो कम्पनीहरुले फागुन महिनामा बोनस शेयर सूचीकृत गरेका छन् ।

फागुन महिनामा तीन कम्पनीहरुको आईपीओ वापतको ९७ लाख ५६ हजार कित्ता शेयर थप भएको छ भने सबैभन्दा बढी २६ करोड १९ लाख ४० हजार २७७.९० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको २ करोड ९५ लाख कित्ता विकास ऋणपत्र र गरिमा विकास बैंकले जारी गरेको १० लाख कित्ता ऋणपत्र पनि फागुन महिनामै सूचीकृत भएको नेप्सेले जनाएको छ ।

सेयर विज्ञहरुका अनुसार फागुन महिनामा धितोपत्रको आपूर्ति बढ्दा मूल्यमा असर परेको हो । बैंक तथा वित्तीय संस्थाको ब्याजदरका कारण प्रभावित बनेको फागुन महिनामा धितोपत्रको आपूर्ति बढ्दा पनि बजार प्रभावित भएको उहाँहरुले अनुमान छ।

हरेक वर्ष फागुन महिनामा धितोपत्रको आपूर्ति बढ्दै आएको सेयर विश्लेषकहरु बताउन्छन्। ब्रोकरहरुका अनुसार धेरै जसो कम्पनीहरुले माघ र फागुन महिनामै बोनस सेयर सूचीकृत गराईसकेको अवस्थामा धितोपत्रको आपूर्ति आगामी दिनमा भने कम हुन्छ ।