२३ बैशाख, २०८१ आइतबार

04:48:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खेलाडीको जिवनीमा आधारित चलचित्र ‘एञ्जिला’ को घोषणा

५ चैत, २०७८

खेलाडीहरुको मनोबल बढाउन फिल्म सफल हुनेछ ।

खेलाडीको जिवनीमा आधारित चलचित्र ‘एञ्जिला’ को घोषणा

काठमाण्डौं– नेपाली महिला राष्ट्रिय फुटबल टोलिकी गोलकिपर एन्जिला तुम्बाफो सुब्बाको जिवनीमा आधारित चलचित्र ‘एञ्जिला’ बन्ने भएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले घोषणा सभामा बोल्दै  फिल्म र खेलकुद देशको पहिचानसँग जोडिएकाले यी दुबै क्षेत्र एकसाथ अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

नेपाली खेलाडीको संघर्षको कथालाई पहिलो पटक चलचित्रमा समेट्न लागिएको प्रति खुसी व्यक्त गर्दै मन्त्री अथकले एञ्जिला फिल्म मार्फत नेपाली खेलाडीहरुको मनोबल बढाउन फिल्म निर्माण पक्ष सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

‘हाम्रो देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने कला, संस्कृति र खेलकुद हुन् । यहाँ दुबै पक्ष जोडिएर आएका छन् । त्यसैले यसलाई झनै मेहनत गरेर बनाउन आग्रह गर्दछु’ मन्त्री अथकले भन्नुभयो ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले नेपाली खेलाडी र खेल क्षेत्रको विकासमा ‘एञ्जिला’ फिल्म कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

फिल्म निर्माण पक्षले निकै स्रहानिय कार्यको थालनि गरेको उल्लेख गर्दै डा.रेग्मीले आवश्यक सहयोगका लागि मन्त्रालय सधैँ तयार रहेको बताउनुभयो । 

मिलन चाम्सको निर्देशनमा चलचित्र निर्माण कम्पनी केन्द्र मोसन पिक्चर्स र मुन लभ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘एञ्जिला’ घोषणा गरीएको हो ।

उक्त चलचित्रमा फुटबल खेलाडी एन्जिला तुम्बाफो सुब्बा आफै प्रमुख भुमिकामा देखिने छिन भने दयाह्याङ राई, बुद्धि तामाङ, सृजना सुब्बा, माउत्से गुरुङ लगाएतका कलाकारहरुको पनि अभिनय रहने छ ।