१५ बैशाख, २०८१ शनिबार

06:56:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थिमीका सुकुम्बासीले पाए लालपुर्जा , एक वर्षभित्र सबैलाई पुर्जा दिइसक्ने योजना

४ चैत, २०७८

पूर्जा वितरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठ पुग्नुभएको थियो । उहाँले २३ जनालाई जग्गाधनी पुर्जा दिनुभयो ।

थिमीका सुकुम्बासीले पाए लालपुर्जा , एक वर्षभित्र सबैलाई पुर्जा दिइसक्ने योजना

थिमी,

सरकारले भक्तपुरको मध्यपुरथिमि नगरपालिका–६ र ८ वडाका सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । नापी कार्यालय भक्तपुरले शुक्रबार थिमिमा एक कार्यक्रम गरी पूर्जा वितरण गरेको ।

पूर्जा वितरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठ पुग्नुभएको थियो । उहाँले २३ जनालाई जग्गाधनी पुर्जा दिनुभयो ।

भूमिहीनलाई जग्गा दिने महोत्तरीबाट सुरु गरेको चार महिनाको अभियानमा झण्डै १५ हजारभन्दा बढीलाई लालपुर्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो 

सरकारले उनीहरुलाई पुनःकित्ता नाप गरी लालपुर्जा वितरण गरेको हो । आफ्नो जग्गा भएर पनि लालपूर्जा नपाएर वर्षैँदेखि भूमिहीन बनेका नागरिकलाई प्राथमिकता राखेर देशभरि अभियान चलाएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

भूमिहीनलाई जग्गा दिने महोत्तरीबाट सुरु गरेको चार महिनाको अभियानमा झण्डै १५ हजारभन्दा बढीलाई लालपुर्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । आगामी एक वर्षभित्र देशभरका सबै भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने योजनाका साथ सरकार अगाडि बढेको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो ।

मन्त्री श्रेष्ठले सरकारले सहिद, बेपत्ता परिवार, हलिया, कमैया, कम्लरी, हरुवाचरुवालगायत सिमान्तकृत समुदायका परिवारका लागि यसै सातादेखि नापी तालिमको व्यवस्था गर्दै रोजगारीको व्यवस्था गर्न लागेको बताउनुभयो ।

सुकुम्बासीलाई जमिन उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न भूमि ऐन लागू गर्ने अन्तिम चरणमा पुगेको उहाँले उल्लेख गर्नुभयो ।

बागमती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले जनताका पक्षमा अहिलेको सरकारले काम गरिरहेको चर्चा गर्दै यहाँका भूमिहीनले वर्षौंपछि स्वामित्व पाएको बताउनुभयो ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सरकारले लिएको अभियानलाई कर्मचारीले सफल पार्नुपर्ने भन्दै लालपूर्जा वितरण कार्यलाई प्रभावकारी बनाइने बताउनुभयो ।

नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलले भक्तपुरमा ४५६ जनालाई लालपूर्जा वितरण गरिने जानकारी दिनुभयो ।

 भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नापी कार्यालय भक्तपुरका प्रमुख मग्नु दत्त, मध्यपुरथिमि नपा–६ का वडाध्यक्ष इन्द्रबहादुर प्रजापतिलगायतले धेरै समस्या र अवरोधकाबीच वर्षौंदेखिको प्रयास सफल भएको उल्लेख गर्र्नुभयो ।