८ मंसिर, २०८१ शनिबार

06:59:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

४ चैत, २०७८

शाहविरुद्ध शुक्रबार तनहुँ अदालतबाट तेस्रो पटक म्याद थप गरिएको हो ।

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

दमौली
नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका पल शाहलाइ थप ५ दिन हिरासतमा राख्न तनहुँ अदालतले अनुमति दिएको छ । शाहविरुद्ध शुक्रबार तनहुँ अदालतबाट तेस्रो पटक म्याद थप गरिएको हो ।

शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । शाहविरुद्ध गत फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते १२ दिनको म्याद थप गरिएको थियो ।

नवलपुरमा पनि जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो । नवलपुर अदालतमा शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।

सरकारी वकिलको कार्यालयले उनीविरुद्ध सबै प्रमाण जुटाएर अदालतमा मुद्दा दायर गरेको छ । यस्तै अनुसन्धानका लागि पक्राउ परेका शाहका व्यवस्थापक कृष्ण जोशीविरुद्ध पनि पाँच दिनको म्याद थप गरिएको छ ।