२ जेठ, २०८१ बुधबार

06:10:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पोखरा विमानस्थल चलाउन डाँडो काटिने, खर्च १ करोड ५३ लाख (पूर्णपाठसहित)

४ चैत, २०७८

रिठ्ठेपानी डाँडा कटानका लागि १ करोड ५३ लाख खर्च लाग्ने वन तथा वतावरण मन्त्रालयले जनाएको छ । यो डाँडा कटानीबाट वातावरणमा पर्ने असर न्यूनीकरणमा खर्च हुने रकम हो । डाँडा कटानीमा लाग्ने रकम पनि यसमा समावेश गरिएको छ ।

पोखरा विमानस्थल चलाउन डाँडो काटिने, खर्च १ करोड ५३ लाख (पूर्णपाठसहित)

काठमाण्डौं

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थको उडान तथा अवतरणमा अवरोध पर्ने देखिएपछि रिठ्ठेपानी डाँडासँगै वन कटान गर्नुपर्ने भएको छ । 

अन्तराष्ट्रिय स्तरका जहाज उडान तथा अवतरणका लागि आवश्यक पर्ने भौगोलिक वनावटमा उक्त डाँडाले अवरोध गर्ने भएपछि एक समिति बनाएर छानविन गरिएको थियो । 

छानविन समितिले दिएको प्रतिवेदन अनुसार पोखरा विमानस्थलमा अन्तराष्ट्रिय उडानका लागि आवश्यक भौतिक पूर्वाधारसंगै रिठ्ठेपानी डाँडा पनि  कटान गर्नुपर्ने उल्लेख छ । 

वन तथा वातावरण मन्त्रालयले गरेको अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उक्त डाँडाको २.१७६ हेक्टर वनलाई आवश्यकता अनुसार १२ मिटर देखि ४० मिटरसम्म कटान गर्नुपर्ने देखिएको छ । यसैगरी यस क्षेत्रमा रहेका ६ सय वटा रुखहरु हटाउनुपर्ने पनि प्रतिवेदनमा सुझाव दिइएको छ ।  

प्रतिवेदनका अनुसार विमानस्थल निर्माण सम्पन्न भएपनि डाँडा १४ मिटर नकाट्दासम्म क्यालिब्रेसन उडान नहुने भएको छ । उक्त डाँडा विमानस्थलको पूर्वी सीमाबाट करिब १.३५ किलोमिटरको रदूरीमा हेको छ । वन तथा वातावरण मन्त्रालयले ७ दिनको समय दिँदै राय सुझावका लागि तयार भएको रिपोर्ट सार्वजनिक गरेको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट पहिलो पटक २०७१ फागनु २६ गते तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको थियो ।

डाँडा कटानमा खर्च कति ?

रिठ्ठेपानी डाँडा कटानका लागि १ करोड ५३ लाख खर्च लाग्ने वन तथा वतावरण मन्त्रालयले जनाएको छ । यो डाँडा कटानीबाट वातावरणमा पर्ने असर न्यूनीकरणमा खर्च हुने रकम हो । डाँडा कटानीमा लाग्ने रकम पनि यसमा समावेश गरिएको छ ।

प्रतिवेदन अनुसार ६ सय वटा रुख कटानी गरी १० प्रतिशत वृक्षारोपण तथा ५ वर्षसम्मको हेरचाहका लागि ६९ लाख ४८ हजार रुपैयाँ लाग्नेछ ।

यस्तै धुलो उड्ने क्षेत्रमा पानी छर्कनेका लागि ९० हजार, सुरक्षा र सचेतना कार्यक्रमका लागि एक लाख ५० हजार, पूर्वाधार विकास तथा सुधार गर्न दुई लाख २५ हजार र अन्य खर्चका लागि नौ लाख ६८ हजार आठ सय रुपैयाँ लागत लाग्ने प्रतिवेदनमा उल्लेख छ । 

यसैगरी वातावरणीय अनुगमनका लागि आवश्यक विज्ञहरुको लागत, विभिन्न सूचकहरुको मापनको लागत, रिर्पोट तयारी लगायत अन्य अनुगमन कार्यहरुको लागि ३३ लाख ३३ लाख ३७ हजार रुपैयाँ हुने अनुमान गरिएको छ । प्रतिवेदन अनुसार सबै शीर्षकमा १ करोड ५३ लाख २ हजार ८ सय रुपैयाँ खर्च हुने देखिन्छ ।

विमानस्थलको काम २०२१ जुलाईभित्रै सम्पन्न गरिने लक्ष्य भएपनि कोरोना महामारीका कारण पुरा हुन सकेको थिएन । विमानस्थलको काम अहिले धमाधम भइरहेको छ ।

हालसम्म विमानस्थलको काम ९३ प्रतिशत भन्दा बढि सकिएको विमानस्थल आयोजनाले जनाएको छ । अहिले समय थप गरेर विमानस्थल निर्माण सम्पन्न गर्नुपर्ने अवधि २०२२ को जुलाईसम्म पु¥याइएको छ ।