७ मंसिर, २०८१ शुक्रबार

02:10:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अपि पावर कम्पनीले हकप्रद प्रयोजनको लागि तोक्यो बुक क्लोज मिति, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

४ चैत, २०७८

चैत्र १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

अपि पावर कम्पनीले हकप्रद प्रयोजनको लागि तोक्यो बुक क्लोज मिति, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

काठमाडौं

अपी पावर कम्पनी लिमिटेडले सेयरधनीहरुका लागि जारी गर्न लागेको हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तोकेको छ । कम्पनीको आज (चैत ४ गते शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति तोकेको हो ।

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले चैत १४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, चैत्र १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले १ः०.३९३६ को अनुपातमा १ सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट फागुन २६ गते अनुमति पाइसकेको छ ।
 
कम्पनीले १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। कम्पनीको यो हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ पुग्नेछ ।