३ जेठ, २०८१ बिहिबार

06:30:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तारागाउँ रिजेन्सी होटेल्सले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् एजेण्डा

४ चैत, २०७८

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १२ गतेदेखि चैत २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

तारागाउँ रिजेन्सी होटेल्सले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् एजेण्डा

काठमाडौं
तारागाउँ रिजेन्सी होटल्सले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले चैत २७ गते २५ औं वार्षिक साधारणसभा बोलाएको हो ।  कम्पनीको फागुन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त बैठक तारागाउँ रिजेन्सी होटल्स, रजिष्टर्ड कार्यलय बौद्धमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुने छ ।

 सभाले २०७/७७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गर्ने, २०७८/७९ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने लगाएतका एजेण्डामा छलफल गरी पारित गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १२ गतेदेखि चैत २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले चैत ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र वार्षिक साधारण सभामा सहभागि हुन पाउनेछन् ।