७ मंसिर, २०८१ शुक्रबार

02:59:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एचआइडीसीएलको लिलामी सेयरमा आवेदन दिने लगानीकर्ताहरुको रकम फिर्ता हुने

४ चैत, २०७८

चैत ४ गतेबाट लिलामी सेयरमा शिलबन्दी बोलपत्र पेस गरेका लगानीकर्ताहरुको रकम फिर्ता गर्ने

एचआइडीसीएलको लिलामी सेयरमा आवेदन दिने लगानीकर्ताहरुको रकम फिर्ता हुने

काठमाडौं।
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) लिलामी सेयरमा आवेदन दिने लगानीकर्ताहरुका पैसा फिर्ता हुने भएको छ । शुक्रबार कम्पनीले सूचना जारी गर्दै चैत ४ गतेबाट लिलामी सेयरमा शिलबन्दी बोलपत्र पेस गरेका लगानीकर्ताहरुको रकम फिर्ता गर्ने जनाएको हो।

एचआईडीसीएलले गत फागुन १ गतेबाट फागुन १५ गतेसम्म संस्थापक समूहको अवितरित ३ करोड ३० लाख कित्ता हकप्रद सेयर लिलामीमा राखिएको थियो। तर, नेपाल धितोपत्र बोर्डको निर्देशनपछि गत फागुन १३ गते एचआईडीसीएलको अवितरित हकप्रद सेयरको लिलामी स्थगित गरिएको थियो।

नेपाल धितोपत्र बोर्डले चैत २ गते कम्पनीलाई फागुन १२ गतेसम्म आवेदकहरुबाट कति रकम जम्मा भएको छ सो रकम फिर्ता गर्न निर्देशन दिएकाले लगानीकर्ताहरुको उक्त रकम आज चैत्र ४ गते शुक्रबारदेखि फिर्ता गर्न लागिएको कम्पनीले जनाएको छ ।
बोलपत्रवालाहरूले आफूले बोलपत्र बुझाएको संकलन केन्द्रहरूमा स्वयं उपस्थित हुनुपर्ने कम्पनीले जनाएको छ। कम्पनीले सक्कलै सिलबन्दी बोलपत्र बोलपत्रहरूलाई फिर्ता गरिने कम्पनीले जनाएको छ।

निवेदनको आधारमा बोलपत्रवालाको रकम निष्कासन बैंकको खातामा जम्मा भएको यकिन गरेपश्चात बोलपत्रवालाहरुको निवेदनमा उल्लेख भएको बैंक खातामा उक्त रकम निवेदन प्राप्त भएको भोलिपल्ट जम्मा गरिने कम्पनीले जनाएको छ