४ जेठ, २०८१ शुक्रबार

07:35:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लाभांश पारित गर्न प्रभु इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

४ चैत, २०७८

कम्पनीले चैत ३० गते २६ औं वार्षिक साधारण सभा बोलाएको हो ।

लाभांश पारित गर्न प्रभु इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं
प्रभु इन्स्योरेन्सले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले चैत ३० गते २६ औं वार्षिक साधारण सभा बोलाएको हो । सभा काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५८ प्रतिशत नगद लाभांश गरी कुल ११.५८ प्रतिशत लाभांश पारित गर्नेछ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले चैत १७ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यस अनुसार चैत १६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउन र साधारण सभामा सहभागि हुन सक्नेछन् ।