२३ बैशाख, २०८१ आइतबार

08:09:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘सञ्जय मेमोरियल राष्ट्रिय महिला भलिबल’ प्रतियोगिता हुने

३ चैत, २०७८

यो प्रतियोगिता चैत २४, २५ र २६ गते हुने फाउण्डेशनका अध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो ।

‘सञ्जय मेमोरियल राष्ट्रिय महिला भलिबल’ प्रतियोगिता हुने

काठमाण्डौं

सञ्जय मेमोरियल फाउण्डेशनको आयोजनामा पाल्पाको तानसेनस्थित रानीमहलमा ‘सञ्जय मेमोरियल राष्ट्रिय महिला भलिबल’ प्रतियोगिता हुने भएको छ । यो प्रतियोगिता चैत २४, २५ र २६ गते हुने फाउण्डेशनका अध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो । 

भलिबल प्रतियोगिताको सद्भावना दुतमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही र कलाकार धिरेन शाक्यलाई नियुक्त गरिएको छ । 

प्रतियोगिताको सफल आयोजना र सञ्चालनका लागि पूर्व गभर्नर निरञ्जिवी नेपालको संरक्षकत्वमा २३ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । 

तीन वटा विभागीय टिम र सात प्रदेशका टिमलाई समावेश गर्दै आयोजना गर्न लागिएको प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडी समावेश हुनेछन् ।

भलिबलको माध्यमबाट पाल्पाको रानीमहलको पर्यटन प्रबद्र्धन र विकास गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।