१ मंसिर, २०८१ शनिबार
10:12:11 PM
३ चैत, २०७८
बुधबार साँझ ५ बजेसम्म इन्स्योरेन्सको हकप्रद सेयरमा ११ हजार १७६ आवेदकबाट ५ लाख ८७ हजार ३२१ कित्ता सेयरका लागि आवेदन परेको सीडीएससीले जनाएको छ ।
काठमाडौं
शिखर इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर निष्कासन गरेको छ । बुधबार साँझ ५ बजेसम्म इन्स्योरेन्सको हकप्रद सेयरमा ११ हजार १७६ आवेदकबाट ५ लाख ८७ हजार ३२१ कित्ता सेयरका लागि आवेदन परेको सीडीएससीले जनाएको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, माघ २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । सेयरधनीहरूले कम्पनीले निष्काशन गरेको हकप्रद सेयरमा चैत्र २१ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले रहेको छ । सेयरधनीहरुले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, शिखर इन्स्योरेन्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था साथै मेरो सेयरबाट पनि हकप्रद सेयष्रमा आवेदन दिन सक्नेछन् ।