८ मंसिर, २०८१ शनिबार

06:57:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

छिटो पासपोर्ट दिने लोभ देखाएर सरकारी छाप किर्ते, १२ जनामाथि अनुसन्धान थालियो

Nepal Business

२ चैत, २०७८

छिटो पासपोर्ट पाउने लोभमा सेवाग्राहीबाट किर्ते गर्ने समुहले ठुलो रकम लिई ठगीसमेत गरेको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ

छिटो पासपोर्ट दिने लोभ देखाएर सरकारी छाप किर्ते, १२ जनामाथि अनुसन्धान थालियो

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ, 

राहदानी विभागबाट छिटो पासपोर्ट बनाइदिने भनी लोभ देखाउने एक समुहले सरकारी छाप नै किर्ते गरेको पाइएको छ ।

यसरी किर्तेमा संलग्न १२ जना माथि अनुसन्धान थालिएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार विशेष सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

छिटो पासपोर्ट पाउने लोभमा सेवाग्राहीबाट किर्ते गर्ने समुहले ठुलो रकम लिई ठगीसमेत गरेको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यसरी किर्तेमा संलग्न १२ जना माथि अनुसन्धान थालिएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार विशेष सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौं गोँगबु बस्ने रोल्पाका २९ वर्षीय अमृत थापा, सोही ठाउँ बस्ने प्रज्वल खड्का, काठमाडौँ सामाखुशी बस्ने बाग्लुङा रञ्जित कार्की छन् । यस्तै काठमाडौँ मनमैजु बस्ने म्याग्दीका ३३ वर्षीय रामजी परियार, काठमाडौँ गोंगबु गोमा वजगाईँ सोही ठाउँ बस्ने पाल्पाका जीवनकुमार श्रेष्ठ पनि पक्राउ परेका छन् । 

अन्य पक्राउ पर्नेमा काठमाडौँ गौशाला बस्ने रामेछापका ३७ वर्षीय मिठे मगर, ललितपुरका रमेश बजगाईँ, काठमाडौँ माछापोखरी बस्ने काभ्रेका सन्दिप मैनाली, काठमाडौँ धुम्बाराही बस्ने सिन्धुलीका अभिषेक मगर छन् । 

यस्तै काठमाडौँ सिनामंगल बस्ने दैलेखका निरञ्जन तिवारी र काठमाडौँ कलंकी बस्ने धादिङका मदन तामाङ पनि पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

प्रहरीले उनीहरूको साथबाट किर्ते गरिएका चार थान विभिन्न सरकारी कागजात, मोबाइल १४ थान तथा विभिन्न सरकारी एवम् निजी छाप २० थान बरामद गरेको छ । उनीहरू उपर किर्ते गर्न नहुने कसूरमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।