७ मंसिर, २०८१ शुक्रबार

02:11:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भान्सा होस वा बाहन, सिँचाइ वा उद्योग सबैमा विद्युत प्रयोग गरौँ

२ चैत, २०७८

नेपालको ठूलो धनराशि इन्धनको आयातमा खर्च हुने गरेकाले आफ्नै देशमा उत्पादन भएको बिजुलीको उपयोग गर्नुपर्छ

भान्सा होस वा बाहन, सिँचाइ वा उद्योग सबैमा विद्युत प्रयोग गरौँ

वीरगञ्ज, 

भान्सा होस वा बाहन, सिँचाइ होस वा उद्योग अब विद्युतले चल्ने भइसकेको छ । सरकारले विद्युतको महसुल पनि घटाएको छ ।  

पेट्रोलियम पदार्थको मूल्य बढ्दो क्रममा रहेकाले अब हरेक क्षेत्रमा विद्युतको उपयोग गर्न जरुरी रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल बताउनुहुन्छ ।

डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्यासजस्ता जैविक इन्धनको प्रयोगलाई कम गर्दै आफ्नै देशमा उत्पादन भएको जलविद्युत्को प्रयोगलाई बढाउन उहाँले सबैमा आग्रह गर्नुभएको छ । 

डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्यासजस्ता जैविक इन्धनको प्रयोगलाई कम गर्दै आफ्नै देशमा उत्पादन भएको जलविद्युत्को प्रयोगलाई बढाउन उहाँले सबैमा आग्रह गर्नुभएको छ । 

वीरगञ्जमा बुधबार आयोजना भएको शहीद परिवारको सम्मान तथा चेक हस्तान्तरण कार्यक्रममा मन्त्री भुसालले जैविक इन्धनको प्रयोगले पर्यावरणलाई ठूलो नोक्सानी भएको उल्लेख गर्नुभयो ।

नेपालको ठूलो धनराशि इन्धनको आयातमा खर्च हुने गरेकाले आफ्नै देशमा उत्पादन भएको बिजुलीको उपयोग गर्न उहाँले आग्रह गर्नुभयो । 

“इन्धनको सट्टा बिजुलीको उपयोग बढाउनु पर्छ”, उहाँले भन्नुभयो । 

शहिद परिवारलाई रु तीन लाख दिने निर्णयको प्रशंसा 

शहीद परिवारलाई रु तीन लाख सहयोग गर्ने मधेश प्रदेश सरकारको निर्णय प्रशंसायोग्य रहेको मन्त्री भुसालको भनाइ थियो । कार्यक्रममा पर्साका १८ परिवारलाई मन्त्री भुसालले कदरपत्र र रु एक लाखको चेक हस्तान्तरण गर्नुभयो ।

शहीद परिवारलाई प्रतिमहिना रु तीन हजार उपलब्ध गराउने नेपाल सरकारले निर्णय गरिसकेको र केही दिनभित्र सो रकम उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।