२० बैशाख, २०८१ बिहिबार

02:50:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च, अबको खरिद मूल्य कति ?

२ चैत, २०७८

आइओसीबाट बुधबार प्राप्त भएको नयाँ मूल्य अनुसार विभिन्न शीर्षकमा कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च,  अबको खरिद मूल्य कति ?

केशव आचार्य 

काठमाण्डौं । हिजोआज हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । आजैमात्र इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । सोही मूल्यसूची अनुसार नेपालमा ईन्धनको मूल्य थप बढ्ने देखिन्छ ।

इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर २ हजार २४० रुपैयाँ ३४ पैसा पुग्ने नेपाल आयल निगमले जनाएको छ । 

आइओसीबाट बुधबार प्राप्त भएको नयाँ मूल्य अनुसार विभिन्न शीर्षकमा कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ । पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै निगमलाई १० अर्ब ६१ करोड नोक्सानी हुने प्रक्षेपण छ ।

पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर २ हजार २४० रुपैयाँ ३४ पैसा पुग्ने नेपाल आयल निगमले जनाएको छ । 

निमगलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम पदार्थको बिक्रीबाट ५ अर्ब ३० करोड ९८ लाख घाटा हुने बताइएको छ । सो अवधिमा पेट्रोलको बिक्रीबाट १ अर्ब ७ करोड ९८ लाख, डिजेलको बिक्रीबाट ३ अर्ब १६ करोड ७२ लाख र एलपी ग्यासको बिक्रीबाट १ अर्ब २६ करोड ३७ लाख नोक्सानी हुने अनुमान गरिएको निगमले बताएको छ । 

 मट्टितेल र हवाई इन्धनको बिक्रीबाट निगमलाई सामान्य नाफा मात्र हुने देखिन्छ । पन्ध्र दिनमा मट्टितेलको बिक्रीबाट १ करोड ५० लाख, हवाई इन्धन (आन्तरिक) बाट १ करोड १३ लाख र हवाई इन्धन (अन्तर्राष्ट्रिय)बाट  १७ करोड ५३ लाख नाफा हुने निगमका प्रवक्ताको भनाइ छ । मट्टितेल र हवाई इन्धनको बिक्रीबाट हुने नाफाले निगमको घाटामा कमि हुने देखिदैन । 

आइओसीबाट बुधबार प्राप्त मूल्यमा कर थपिँदा पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा, डिजेलमा ३६ रुपैयाँ ४४ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको भनाइ छ । मट्टितेलमा प्रतिलिटर १९ रुपैयाँ ५१ पैसा, हवाई इन्धन   (आन्तरिक)मा ४ रुपैयाँ ६ पैसा र हवाई इन्धन (अन्तर्राष्ट्रिय)मा प्रतिलिटर ४३ रुपैयाँ ८४ पैसा नाफा रहेको निगमले जनाएको छ । 

पन्ध्र दिनमा पेट्रोल ३२ हजार ९१५ किलोलिटर, डिजेल ८६ हजार ९१० किलोलिटर, मट्टितेल ७७० किलोलिटर, हवाई इन्धन (आन्तरिक) २ हजार ७७९ किलोलिटर, हवाई इन्धन (अन्तर्राष्ट्रिय) ४ हजार किलोलिटर र एलपी ग्यास १८ लाख ९९ हजार २७८ सिलिण्डर खपत हुने निगमको आँकलन छ ।

बुधबारसम्म काठमाडौँ उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५०, डिजेल र मट्टितेलको प्रतिलिटर रु १३३, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर  १३६, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिलिटर अमेरिकी डलर १.२९ र एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिण्डर १ हजार ५७५ रहेको छ । 

सरकारले भन्सार विन्दुमै पेट्रोलियम पदार्थको आयातमा विभिन्न शीर्षकको कर उठाउने गरेको छ । सरकारले पेट्रोलमा प्रतिलिटर ५९ रुपैयाँ ४८ पैसा, डिजेलमा प्रतिलिटर ४२ रुपैयाँ १६ पैसा, मट्टितेलमा प्रतिलिटर १३ रुपैयाँ ३६ पैसा, हवाई इन्धन (आन्तरिक)मा प्रतिलिटर १९ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) मा २ रुपैयाँ ८ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २८० रुपैयाँ ३० पैसा कर उठाउँदै आएको छ ।

बुधबारसम्म काठमाडौँ उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५०, डिजेल र मट्टितेलको प्रतिलिटर रु १३३, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर  १३६, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिलिटर अमेरिकी डलर १.२९ र एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिण्डर १ हजार ५७५ रहेको छ । 

 भन्सारले पेट्रालियम पदार्थमा भन्सार तथा प्रज्ञापन शुल्क, सडक मर्मत शुल्क, प्रदूषण शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) र मूल्य स्थिरीकरण कोष शुल्क उठाउँछ । त्यसबाहेक ढुवानी भाडा, निगमको प्रशासनिक एवं बिक्री खर्च, बीमा, प्राविधिक नोक्सानी र बिक्रेताको मुनाफा जोडेर पेट्रोलियम पदार्थको बिक्री मूल्य निर्धारण हुने गरेको छ । 

पछिल्लो समयमा युक्रेन र रुसबीच चलिरहेको द्धन्द्धका कारण पेट्रोलिय पदार्थको मूल्यमा बृद्धि भएको जनाइएको छ । अर्कातर्फ विगत सन् २०१९ देखिको कोरोना महामारीले उत्पादनमा ल्याएको कमिलाई पनि मूल्य बृद्धिको कारणमा समाबेश गरिएको छ । 

हप्तैपिच्छे बढिरहेको ईन्धन मूल्यका कारण उपभोक्ताको चुलो सबैभन्दा बढि प्रभावित बनेको छ । बुधबारसम्म १५७५ रुपैयाँ मूल्य रहेको खाना पकाउने ग्याँस २ हजार २४० रुपैयाँ ३४ पैसा पुगेको छ । यसबाट आम सर्बसाधारण मारमा पर्ने निश्चित छ । 

सरकारले ग्याँसको विकल्पमा इन्डक्सन चुलोलाई प्राथकिकता दिएपनि आमनागरिकले यसको प्रयोगमा चासो देखाएको पाइदैन । ग्याँसको विकल्प इन्डक्सन चुलो/दाउरा हुनसक्छ तर दाउराको सम्भावना देखिदैन । ईन्धनको मूल्यबृद्धिसँगै बजारमूल्य अधिक हुनेछ । उपभोक्ताको उपभोगमा कटौती हुन्छ । जसका कारण उत्पादन स्वत घट्न पुग्छ ।