२ मंसिर, २०८१ आइतबार

12:16:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन

२ चैत, २०७८

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन

काठमाडौं
आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । बुधबार नेप्समा र गरिमा विकास बैंक लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको हो ।

गरिमा विकास बैंक लिमिटेडको १६ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ८१ रूपैयाँ ३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ सय ५८ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ७ सय ९९ रूपैयाँ ९ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ८ सय ७९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।