६ मंसिर, २०८१ बिहिबार
10:15:10 PM
२ चैत, २०७८
काठमाडौं
नेशनल लाइफ इन्स्योरेन्सको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ ग्रहण लिनु भएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बुधबार एक कार्यक्रममा “बीमकको संस्थागत सुशासन सम्बन्धिनिर्देशीका २०७५” अनुसार पद तथा गोपनियताको शप थग्रहण गराउनु भएको हो ।
फागुन २९ गते सम्पन्न कम्पनीको ३३ औं वार्षिक साधारण सभाबाट कम्पनीको संचालक समिति पूर्नगठन भएको थियो । जसमा सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पुनः निर्वाचित हुनुभएको हो । बीमा समितिको अध्यक्ष सिलवालले पुननिर्वाचित अध्यक्ष सिंहलाई सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्नुभएको छ ।