२ मंसिर, २०८१ आइतबार

12:14:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दोहोरो अंकले घट्यो सेयर बजार, सर्वाधिक कमाउनेमा इमर्जिङ नेपाल

२ चैत, २०७८

दोहोरो अंकले घट्यो सेयर बजार, सर्वाधिक कमाउनेमा इमर्जिङ नेपाल

काठमाडौं
आज (बुधबार) पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १९.६५ अंकले घटेर २६३१.३२ विन्दुमा पुगेको छ ।  हिजो अर्थात मंगलबार नेप्से परिसूचक १७.१५ अंकले घटेर २६५०.९७ विन्दुमा पुगेको थियो । बुधबार नेप्से ०.७४ प्रतिशतले घटेको छ भने सेन्सेटिभ परिसूचक पनि ५.२२ अंकले घटेर ४९७.३७ विन्दुमा पुगेको छ ।

बुधबार २३१ वटा कम्पनीको ४९ लाख ६७ हजार ४ सय ७१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५७ करोड ४ लाख १ हजार १ सय ८८ रूपैयाँ बराबरको कारोबार भएको छ ।  मंगलबार ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १ सय ७५ रूपैयाँ बराबरको कारोबार भएकोे थियो । मंगलबारको तुलनामा आज (बुधबार) कारोबार रकममा पनि कमि आएको छ ।

बुधबार कारोबार भएका कूल १३ उपसमूहमध्ये १० वटा उपसमूहको सेयर घटेको छ भने ३ वटा उपसमूहको सेयर बढेको छ ।  बुधबार नेपाल टेलिकमको सेयर सर्वाधिक कारोबार भएको छ । यस दिन टेलिकमको १६ करोड ३६ लाख १ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । त्यस्तै, गरिमा विकास बैंकको १२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 
बुधबार इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ४ सय ७२ रूपैयाँ ६० पैसा पुगेको छ । बुधबार सबैभन्दा धेरै गुमाउनेमा युनाइटेड इदी मर्दी रहेको छ । यस दिन कम्पनीको सेयरमूल्य ४.९२ प्रतिशतले घटेर प्रतिसेयर ८ सय ६५ रूपैयाँ २० पैसा कायम भएको छ ।