४ जेठ, २०८१ शुक्रबार

10:08:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो अनमोल जीवन बीमा योजना

२ चैत, २०७८

बीमा अवधी समाप्ती पश्चात पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सकिने

नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो अनमोल जीवन बीमा योजना

काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अनमोल जीवन बीमा योजना सार्वजनिक गरेको छ । इन्स्योरेन्सले ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै यो योजना ल्याएको हो ।  अधिकांश समयमा बीमितले बीमा गरेको अवधि सक्किएपछि कम्पनीको दायित्व पनि सकिन्छ । तर नेपाल लाइफले ल्याएको यो योजनमा भने बीमाकोे अवधि सक्किएपछि पनि बीमितले लाभ पाउने व्यवस्था छ ।

बीमा अवधी समाप्ती पश्चात पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सकिने कम्पनीले ल्याएकोे अनमोल जीवन बीमा योजनामा रहेको छ ।

अनमोल जीवन बीमा योजनाका लागि ५० वर्षको अवधि छुट्याइएको छ । उक्त अवधिका लागि उमेर हद १८ देखि ६५ वर्षसम्म तोकिएको छ । यो योजनामा छोटो समयका लागि खरिद गर्न चाहाने  ग्राहकहरुले पाँच वर्ष अवधिसम्मको लागि सहभागी हुन सक्नेछन् ।

यस योजना ७० वर्षको उमरेबाट समाप्त हुने कम्पनीले जनाएको छ । बीमितले बीमाशुल्क भुक्तानी गर्दा एकमूष्ट वा पटक पटक गरे सोही आधारमा केही प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।  नेपाल लाइफले अनमोल बीमा योजना खरिद गर्दा बीमितको दुर्घटना लाभ तथा घातक रोकको पनि जोखिम बहन हुने भएकाले यो बीमा योजना निकै महत्वपूर्ण रहेको छ ।