१७ बैशाख, २०८१ सोमबार

03:54:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आठ करोड लगानीमा खानेपानी आयोजना सञ्चालन

Nepal Business

२९ मंसिर, २०७८

खानेपानी वितरणका लागि झन्डैँ ४० हजार मिटर पाइपलाइन बिछाउने लक्ष्य लिइएको छ । आयोजनका लागि ४ सय ५० घनमिटर क्षमताको ओभर हेट टयाङ्की निर्माण गरिएको छ ।

आठ करोड लगानीमा खानेपानी आयोजना सञ्चालन

 
काठमाण्डौं, मंसिर २९
सात करोड ८९ लाखको लागतमा कञ्चनपुरको भीमदत्त नगरपालिका १८ निम्बुखेडा खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । आयोजनामा स्थानीय उपभोक्ताले एक करोड ४३ लाख रकम व्यहोरेका छन् । 
खानेपानी वितरणका लागि झन्डैँ ४० हजार मिटर पाइपलाइन बिछाउने लक्ष्य लिइएको छ । आयोजनका लागि ४ सय ५० घनमिटर क्षमताको ओभर हेट टयाङ्की निर्माण गरिएको छ । 
तत्कालका लागि पाँच सय घरधुरीमा खानेपानीका धारा जडान गरिएको वडा अध्यक्ष राजेन्द्र पाण्डेले बताउनु भयो । उहाँले उपभोक्ताको आवश्यकता हेरी खानेपानीको पाइपलाइन विस्तारको कार्यलाई  निरन्तरता दिने बताउनु भयो । खानेपानी आयोजनाबाट पाँच सय भन्दा बढी बासिन्दा लाभान्वित छन् । उपभोक्ता निरन्तर रुपमा थपिदै  गइरहेका छन् ।