२० माघ, २०८१ आइतबार
09:47:17 AM
२९ मंसिर, २०७८
स्वणर्महोत्सव, १० औं हस्ताकला दिवस तथा हस्ताकला वर्ष सन् २०२१ को समापन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले निर्यात व्यापार, रोजगारी सिर्जना, गरिबी निवारणका साथै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान कायम गर्न सफल हस्ताकलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले सरकारी निकायलाई स्वदेशी हस्ताकलाको सामाग्री प्रयोग गर्न उपराष्ट्रपति पुनले आग्रहसमेत गर्नु भयो ।
काठमाण्डौं, मंसिर २९
उपराष्ट्रपति नन्दबहादुर पुनले निर्यात व्यापार, रोजगारी सिर्जना, गरिबी निवारण गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान कायम गर्न सफल हस्तकला लाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । नेपाल हस्ताकला महासंघले बुधवार गरेको १० औं हस्ताकला दिवसका अवसरमा बोल्नुहुँदै उपराष्ट्रपति पुनले सरकारी निकायलाई स्वदेशी हस्ताकलाको सामाग्री प्रयोग गर्न आग्रहसमेत गर्नु भयो ।
नेपाल हस्ताकला महासंघले स्वर्ण वर्षभरी हस्तकला व्यवसायको प्रवद्र्धनका लागि नीतिगत तथा प्रक्रियागत व्यवस्था सरलीकरणसम्बन्धी गोष्ठी सेमिनार गर्ने, व्यापार मेला प्रदर्शनी आयोजना गर्ने, वस्तु विकास, सीप विकास, डिजाईन विकास र सीप हस्तान्तरणसम्बन्धी तालिम सञ्चालन गर्ने, हस्ताकलाको सरकारसँग बहस पैरवी गर्न आवश्यक नीति तथा अनुसन्धानमुलक कार्यक्रम गर्ने, हुलक टिकट प्रकाशन गर्ने जानकारी दिएको छ ।
नेपाल हस्ताकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले कोरोनाबाट थलिएको हस्ताकला व्यवसायलाई पुनर्जीवन दिन तीनवटै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताउनु भयो ।
महासंघले सन् २०२१ लाई हस्तकला वर्ष घोषणा गर्दै हस्ताकलाको व्यापार घाटा न्यूनीकरमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएको छ ।