२ मंसिर, २०८१ आइतबार

12:51:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दोहोरो अंकले घट्यो नेप्से, सर्वाधिक कारोबार हुनेमा नेपाल टेलिकम

१ चैत, २०७८

नेपाल टेलिकमको सेयरको मूल्य सबैभन्दा धेरै घटेको छ । यस दिन टेलिकमको सेयर मूल्य ५.१३ प्रतिशतले घटेर प्रतिकित्ता १६ सय २६ रूपैयाँमा अन्तिम कारोबार भएको छ ।

दोहोरो अंकले घट्यो नेप्से, सर्वाधिक कारोबार हुनेमा नेपाल टेलिकम

काठमाडौं
आज (चैत १ गते मंगलबार) नेप्से दोहोरो अंकले घटेको छ । सोमबार टिएमएसमा देखिएको प्राविधिक समस्याका कारण १२ः५३ पछि सेयर कारोबार राकिएको थियो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.१५ अंकले घटेर २६५०.९७ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ०.६४ प्रतिशतले घटेको छ भने सेन्सेटिभ परिसूचक पनि ७.२६ अंकले घटेर ५०२.५९ विन्दुमा पुगेको छ ।

मंगलबार २२९ वटा कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १ सय ७५ रूपैयाँ बराबरको कारोबार भएकोे छ । मंगलबार कारोबार भएका कूल १३ उपसमूहमध्ये ४ वटाको सेयर मूल्य बढेको छ भने बाँकी ९ वटा उपसमूहको सेयर मूल्य घटेको छ ।

मंगलबार सर्वाधिक कारोबार हुनेमा नेपाल टेलिकम रहेकोे छ । टेलिकमको ३४ करोड २३ लाख ५७ हजार १ सय ९४ रूपैयाँ बराबरको कारोबार भएको हो । कारोबार धैरै भएपनि मंगलबार नेपाल टेलिकमको सेयरको मूल्य सबैभन्दा धेरै घटेको छ ।

यस दिन टेलिकमको सेयर मूल्य ५.१३ प्रतिशतले घटेर प्रतिकित्ता १६ सय २६ रूपैयाँमा अन्तिम कारोबार भएको छ ।  मंगलबार  इमर्जिङ्ग नेपाल लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  इमर्जीङ नेपालको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय २९ रूपैयाँ ७० पैसा पुगेको छ ।