७ मंसिर, २०८१ शुक्रबार
03:02:35 AM
१ चैत, २०७८
लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी न्युनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।
काठमाडौं
छ्याङ्दी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर आज (चैत १ गते मंगलबार) देखि लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले गत माघ ११ गतेदेखि फागुन २ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो । सो अवधिमा बिक्री नभएको ५९ हजार ८ सय २७ कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।
लिलामीमा राखिएको उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले आवेदन दिन सक्नेछन् । सो सेयर खरिद गर्न चाहाने लगानीकर्ताले चैत ९ गतेसम्म बोलपत्र पेस गर्नुपर्ने छ । लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी न्युनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।
उक्त सेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालय तथा ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ।