४ जेठ, २०८१ शुक्रबार

09:40:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन

१ चैत, २०७८

सोमबार इन्स्योरेन्सको सेयर प्रतिकित्ता १ हजार २०० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन

काठमाडौं
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (चैत १ गते मंगलबार) नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आज (चैत १ गते मंगलबार) बुक क्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले मंगलबार इन्स्योरेन्सको १५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजन पश्चात इन्स्योरेन्सको सेयरमूल्य १ हजार ४३ रुपैयाँ ४८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिन अर्थात फागुन ३० गते सोमबारको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो। सोमबार इन्स्योरेन्सको सेयर प्रतिकित्ता १ हजार २०० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश गरी कूल १५.०७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न इन्स्योरेन्सले चैत ९ गते केन्द्रिय कार्यालय, बीमा भवन ज्ञानेश्वर, काठमाडौँमा २६ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा बिहान ११ बजदेखि सुरु हुनेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत १ गते एक दिनका लागि बुकक्लोज गरेको छ। यस अनुसार फागुन ३० गते मंगलबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारण सभामा सहभागिता हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।