२३ बैशाख, २०८१ आइतबार

09:35:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एन्टि डोपिंग अभियान सार्थक बनाउनेमा नेपालको जोड

Nepal Business

१ चैत, २०७८

एन्टि डोपिंग अभियान सार्थक बनाउनेमा नेपालको जोड

काठमाण्डौं

संयुक्त अरब इमिरेट्सको दुबईमा जारी एन्टि डोपिंग कार्यक्रमको पहिलो दिन नेपालले आफ्नो प्रस्तुती राखेको छ । खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७ औं एशिया/ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट युवा तथा  खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपालले खेलकुदमा ‘एन्टि डोपिङ’ को अभियानलाई सार्थक बनाउने बताउनुभयो ।

मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टि डोपिंग संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया सुरु गरेको र आगामी दिनमा एन्टि डोपिंग सम्बन्धी नीति तथा कानून निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान दिने बताउनुभयो।

कार्यक्रममा नेपालको प्रयासको सहभागी राष्ट्रहरुले सराहना समेत गरेका थिए । उक्त बैठकमा ४५ देशको सहभागिता रहेको छ।

बैठकले सन् २०२२ देखि ०२४ सम्मका लागि रणनीति पारित गरेको छ । जस अनुसार खेललाई स्वच्छ बनाउन ‘एन्टि डोपिंग’ संस्थाहरुलाई थप प्रभावकारी बनाउने कुरामा जोड दिइएको छ ।