८ मंसिर, २०८१ शनिबार
05:39:16 AM
३० फागुन, २०७८
ति गिरोहले केही दिनको योजना बनाएर संगठित रुपमा लुटपाट गरेको छ
नेपाल विजनेश समाचारदाता,
काठमाडौँ,
एउटा गिरोहले काठमाडौँ कस्ने भारतीय सुन व्यवसायीको आँखामा खुर्सानीको धुलो छर्केर ठुलो परिमाणको सुन तथा लाखौँ नगद लुटेको छ ।
ति गिरोहले केही दिनको योजना बनाएर संगठित रुपमा लुटपाट गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । घटना यही फागुन २५ गते रातीको हो ।
काठमाडौँ महानगरपालिका ७ चावहिलस्थित ओमशाही टञ्च सेन्टर सुन पसल बन्द गरी कोठा फर्कने क्रममा सोही नजिकै चुच्चेपाटीबाट भारत महाराष्ट्रका ३४ वर्षीय अमोल भोस्लेलाई लुटपाट गरिएको हो ।
काठमाडौँ महानगरपालिका ७ चावहिलस्थित ओमशाही टञ्च सेन्टर सुन पसल बन्द गरी कोठा फर्कने क्रममा सोही नजिकै चुच्चेपाटीबाट भारत महाराष्ट्रका ३४ वर्षीय अमोल भोस्लेलाई लुटपाट गरिएको हो ।
भोस्लेले चलाएको स्कुटी रोकेर आँखामा खुर्सानीको धुलो छर्की, कुटपिट गरी सुन तथा नगद राखिएको झोलासमेत लुटी उनीहरु फरार भएका थिए ।
उक्त झोलामा ४२ तोला सुन तथा १२ लाख रुपैयाँ हालेर कोठा जाँदैगर्दा भोस्ले लुटिएका परिसरका प्रहरी उपरक्षिक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
उनीहरुले ३ दिनदेखि उक्त घटनास्थल नजिकै रहेको एक क्याफेमा बसी योजनासमेत बनाएर योजनाबद्ध तवरले लुटेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
गिरोह मध्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य फरार रहेकाले खोजी जारी रहेको जनाइएको छ । पक्राउ पर्नेमा दाङका महेश विश्वकर्मा र राजेन्द्र सिन रहेका छन् । उनीहरुको साथबाट प्रहरीले रु १ लाख ६६ हजार र प्रयोग भएको मोटरसाइकल बरामद गरिएको छ ।