२० बैशाख, २०८१ बिहिबार

02:32:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

टर्कीमा मदिरा सेवनबाट १० जनाको मृत्यु

Nepal Business

२८ मंसिर, २०७८

टर्कीमा मदिरा सेवनबाट १० जनाको मृत्यु

टर्की, २८ मंसिर । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुललगायत पाँच प्रान्तमा बुटलेग रक्सीको विषाक्तताका कारण कम्तीमा १० जनाको मृत्यु भएको राज्य सञ्चालित टीआरटी प्रसारकले मङ्गलबार जनाएको छ । विगत दुई दिनदेखि मृत्यु हुनेको समाचार आएपछि सुरक्षाकर्मीले देशभर गुणस्तरहीन मदिरा उत्पादन गर्नेविरुद्ध अभियान थालेका छन् । 

सो क्रममा हालसम्म तीन जनालाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ । प्रहरी एकाइहरूले इस्तानबुलमा एउटा बुफेमा छापा मारेर विभिन्न प्रकारका ब्रान्डका धेरै नक्कली पेय पदार्थहरू बरामद गरेको बताइएको छ । गतवर्ष अक्टोबरमा टर्कीका विभिन्न प्रान्तमा बुटलेग रक्सी सेवन गर्दा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ५० भन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको थियो । रासस