४ जेठ, २०८१ शुक्रबार

08:42:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २८ औं वार्षिक साधारण सभा सम्पन्न

Nepal Business

३० फागुन, २०७८

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २८ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा फागुन ३० गते, सोमबार कम्पनीको केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडौँमा सम्पन्न भएको हो । 

सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीको सेयरधनीहरूलाई चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । 

सभाले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, नाफा नोक्सान सम्बन्धी विवरण र आगामी आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्त गर्ने सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ ।