७ मंसिर, २०८१ शुक्रबार
02:55:09 AM
३० फागुन, २०७८
सभाले ११ जना सञ्चालकको संख्यालाई घटाएर ७ जना बनाउने प्रस्ताव पारित गर्ने
काठमाडौं
सामलिङ्ग पावर कम्पनीले चैत २१ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । बैंकको हिजो (फागुन २९ गते, आइतबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा कार्की ब्याङ्केट बबरमहल, काठमौंडौमा बिहान १० बजेदेखि सुरू हुनेछ ।
सभाले ११ जना सञ्चालकको संख्यालाई घटाएर ७ जना बनाउने प्रस्ताव पारित गर्ने, कम्पनीको नियमावलीको नियम १७ मा आवश्यक संशोधन गर्ने, अन्य संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि चैत ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।