२ मंसिर, २०८१ आइतबार

02:07:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोल्टी होटेलको नाफा १६३.६९ प्रतिशतले बृद्धि

३० फागुन, २०७८

दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४ करोड ९० लाख ३४ हजार रुपैयाँ कमाएको छ ।

 सोल्टी होटेलको नाफा १६३.६९ प्रतिशतले बृद्धि

काठमाण्डौं

सोल्टी होटेल लिमिटेडले  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार कम्पनीको नाफामा अधिक सुधार देखिएको छ । 

दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४ करोड ९० लाख ३४ हजार रुपैयाँ कमाएको छ । तर गत आर्थिक वर्षको यसै अवधिको कम्पनी ११ करोड ५१ लाख ४१ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । 

समिक्षा अवधिसम्ममा कम्पनीको जम्मा आम्दानी १६३.६९ प्रतिशतले बढेको छ । गत बर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा १६ करोड ९८ लाख ४६ हजार रुपैयाँ मात्र रहेकोमा अहिले त्यो बढेर ४४ करोड ७८ लाख ६९ हजार रुपैयाँ पुगेको छ । 

यस अवधिसम्म आइपुग्दा कम्पनीले चुक्ता पूँजी ८४ करोड २५ लाख रुपैयाँ रहेको छ भने कम्पनीको रिजर्भको आकार भने घटेर ६३ करोड ८६ लाख ९८ हजार रुपैयाँ पुगेको छ । 

यसैगरी कम्पनीको खुद मुनाफामा बृद्धि आएसंगै प्रतिशेयर आम्दानी पनि सुधार देखिएको छ । गत बर्ष १.३७ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर आम्दानी यो अवधिमा घटेर २.२१ रुपैयाँ ऋणात्मक हुन पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १७.३७ रुपैयाँ रहेको छ ।