९ मंसिर, २०८१ आइतबार

02:59:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्रीन भेन्चर्सले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, कति दिने आवेदन ?

३० फागुन, २०७८

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

ग्रीन भेन्चर्सले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, कति दिने आवेदन ?

काठमाडौं
ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत्र ८ गते, देखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । यस अघि कम्पनीले  आयोजना प्रभावितहरुका लागि १० प्रतिशत आईपीओ बिक्रि गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीले निष्कासन गर्ने उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।  सो आईपीओमा लगानीकर्ताले चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा तोकिएको जति आवेदन नपरेमा चैत २२ गतेसम्म समय थप गरिने कम्पनीले जनाएको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले कम्पनीको आईपीओलाई ‘इक्रा एनपी–आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।