२३ बैशाख, २०८१ आइतबार

12:34:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जिपी कोइराला आइटिएफ तेक्वान्दो च्याम्पियनसिप हुँदै, प्रथम हुनेले ५०० अमेरिकी डलर पाउने

२९ फागुन, २०७८

‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप’ आगामी चैत ५ र ६ गते काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना

जिपी कोइराला आइटिएफ तेक्वान्दो च्याम्पियनसिप हुँदै, प्रथम हुनेले ५०० अमेरिकी डलर पाउने

काठमाडौं
गिरिजाप्रसाद कोइराला फाउण्डेशनले तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । कोइरालाको १२औँ स्मृति दिवसका अवसरमा ‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप’ आगामी चैत ५ र ६ गते काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गर्न लागिएको आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइयो ।

प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टोली (त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब) सहभागी हुने छन् । महिला र पुरुषतर्फ तीन तीन तौल समूहमा खेलाडीबीच प्रतिस्पर्धा हुने छ । पहिलो, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ५००, ३०० र २०० अमेरिकी डलर नगद तथा पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  

सो अवसरमा फाउण्डेशनका खेलकूद विभाग सह–संयोजक धर्मराज गिरीले नेपाली राजनीतिका शिखर पुरुष, महानायक, गणतन्त्रका पिता तथा पूर्वप्रधानमन्त्री स्व कोइरालाको स्मरण, योगदान एवं विचारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथै उहाँले देशका लागि गरेको योगदानको उच्च सम्मान गर्दै प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।