२ मंसिर, २०८१ आइतबार

03:13:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१०१.०७ अंकले बढ्यो सेयर बजार, सर्वाधिक कारोबार हुनेमा शिवम सिमेन्ट

२९ फागुन, २०७८

आइतबार ज्योति लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक र इमर्जिङ्ग नेपालको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार

१०१.०७ अंकले बढ्यो सेयर बजार, सर्वाधिक कारोबार हुनेमा शिवम सिमेन्ट

 काठमाडौं
साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०१.०७ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको छ । आइतबार नेप्से ३.९४ प्रतिशतले बढेको छ भने सेन्सेटिभ परिसूचक पनि १६.३७ अंकले बढेर ५०९.९० विन्दुमा पुगेको छ ।

आइतबार  २२८ वटा कम्पनीको ९० लाख २२ हजार ८ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३ सय ८७ रूपैयाँ बराबरको कारोबार भएकोे छ । आइतबार १३ वटै उपसमूहको परिसूचक बढेको छ । यस दिन सबैभन्दा बढी इन्स्योरेन्स समूह बढेको छ ।

आइतबार ज्योति लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक र इमर्जिङ्ग नेपालको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आइतबार सर्वाधिक कारोबार हुनेमा शिवम सिमेन्ट रहेको छ । कम्पनीको ३४ करोड ३६ लाख ५० हजार रूपैयाँ बराबरको कारोबार भएको हो । आइतबार अपी पावर कम्पनीका सेयरधनीहरु धेरै गुमाएका छन्।