२ मंसिर, २०८१ आइतबार

03:33:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइतबार किन भएन जाल्पा लघुवित्तको सेयर कारोबार ?

२९ फागुन, २०७८

भोलि सोमबार स्पेशल प्रि–ओपन सेसनमा कारोबार भएमात्रै रेगुरल सेसनमा कारोबार हुने

आइतबार किन भएन जाल्पा लघुवित्तको सेयर कारोबार ?

काठमाडौं
जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर आइतबार कारोबार नहुने भएको छ। स्पेशल प्रि–ओपन सेसनमा कम्पनीको सेयर अडर म्याच नभएपछि रेगुरल सेसनमा पनि कारोबार नहुने भएको हो। अब लघुवित्तको सेयर भोलि सोमबार स्पेशल प्रि–ओपन सेसनमा कारोबार भएमात्रै रेगुरल सेसनमा कारोबार हुनेछ।

लघुवित्तको १६ लाख कित्ता सेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ६४ रूपैयाँ ६० पैसादेखि अधिकतम ४ सय ९३ रुपैयाँ ८० पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । सोहि मूल्यको आधारमा पहिलो सेयर कारोबार खुल्नेछ । कम्पनीले कारोबारका लागि JALPA सिम्बोल पाएको छ ।