४ जेठ, २०८१ शुक्रबार

10:54:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

२९ फागुन, २०७८

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीले २१ औँ वार्षिक साधारण सभा बोलाएको हो । उक्त वार्षिक साधारण सभा चैत्र २१ गते होटल भिष्वा, बिरगंज पर्सामा बिहान ९ बजे सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।

साथै, सभाले कम्पनीको सेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने विशेष निर्णय पनि परिवर्तन गर्नेछ। हाल कम्पनीमा संस्थापक समूहको ६० र सर्वसाधारण समूहको ४० प्रतिशत हिस्सा रहेको छ।
त्यस्तै, सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत ७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। त्यसैले चैत ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै  लाभांश लिन र र साधारणसभामा सहभागि हुन पाउनेछन् ।