२ मंसिर, २०८१ आइतबार
03:39:07 AM
२९ फागुन, २०७८
नेप्सेमा आइतबारदेखि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले जारी गरेको साधारण सेयरको दोस्रो बजार कारोबार हुन लागेको हो ।
काठमाडौं
नेप्सेमा आज (आइतबार)देखि दुई लघुवित्त कम्पनीको सेयर कारोबार हुने भएको छ । नेप्सेमा आइतबारदेखि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले जारी गरेको साधारण सेयरको दोस्रो बजार कारोबार हुन लागेको हो ।
नेप्सेमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडलेको १६ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ६४ रूपैयाँ ६० पैसादेखि अधिकतम ४ सय ९३ रुपैयाँ ८० पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । कम्पनीले कारोबारका लागि JALPA सिम्बोल पाएको छ ।
त्यस्तै, बिहीबार नेप्सेमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएको थियो । नेप्सेमा कम्पनीको २६ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता प्रति सेयर न्युनतम न्युनतम १ सय ६७ रूपैयाँ ४३ पैसादेखि अधिकतम ५ सय २ रुपैयाँ २९ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । कम्पनीले कारोबारका लागि RULB सिम्बोल पाएको छ ।