२ मंसिर, २०८१ आइतबार
03:32:25 AM
२७ फागुन, २०७८
नेप्सेले कम्पनीको आईपीआलाई पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम २ सय ६० रूपैयाँ ८४ पैसादेखि अधिकतम ७ सय ८२ रुपैयाँ ५२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।
काठमाडौं
आईपीओ पर्ने लगानीकर्ताहरुलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बनेको हुन्छ । यस्तै चासोको बिषयमा रहेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गते आईपीओ बाँडफाँड गरिसकेको छ । सो आईपीओलाई नेप्सेले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज दिन्छ भन्ने सबैको चासोको बिषय बनेको छ । कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेको थियो ।
नेप्सेले कम्पनीको आईपीआलाई पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम २ सय ६० रूपैयाँ ८४ पैसादेखि अधिकतम ७ सय ८२ रुपैयाँ ५२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।