२ मंसिर, २०८१ आइतबार

03:12:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, कति छ ओपनिङ रेञ्ज ?

२७ फागुन, २०७८

नेप्सेमा लघुवित्त कम्पनीको १६ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो ।

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, कति छ ओपनिङ रेञ्ज ?

काठमाडौं
शुक्रबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । नेप्सेमा लघुवित्त कम्पनीको १६ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो । जसमा संस्थापक समूहको १० लाख ७८ हजार र सर्वसाधारण समूहको ५ लाख २२ हजार कित्ता छन्।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ६४ रूपैयाँ ६० पैसादेखि अधिकतम ४ सय ९३ रुपैयाँ ८० पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । कम्पनीले कारोबारका लागि JALPA सिम्बोल पाएको छ ।