२ मंसिर, २०८१ आइतबार
03:37:48 AM
२७ फागुन, २०७८
पुस महिनादेखि हालसम्म नेप्सेमा ४५ कम्पनीहरुको बोनस सेयर सूचीकृत भएको हो ।
काठमाडौं
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हालसम्म विभिन्न ४५ कम्पनीहरुको बोनस सेयर सूचीकृत भएको छ । पुस महिनादेखि हालसम्म नेप्सेमा ४५ कम्पनीहरुको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएका ४५ कम्पनीहरु यस प्रकार रहेका छन्ः
१. माछापुच्छ्रे बैंक लिमिटेड
नेप्सेमा माछापुच्छ्रे बैंक लिमिटेडडको १३.३० प्रतिशत बोनस सेयर बापतको १ करोड २० लाख ४० हजार ६१० कित्ता सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
२. गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको १६.९०६४ प्रतिशत बोनस सेयर बापतको १ लाख ४१ हजार कित्ता सेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७ / ७८ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ०.८८ प्रतिशत नगद लाभांश र १६.९० प्रतिशत बोनस सेयर गरी कूल १७.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
३. स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस सेयर बापतको १० लाख २८ हजार १९८.२४ कित्ता सयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।
४. रु रु जलविद्युत परियोजना कम्पनी लिमिटेड
नेप्सेमा रु रु जलविद्युत परियोजना कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको ४ लाख ७ हजार ७०५.५ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
५. कुमारी बैंक लिमिटेड
नेप्सेमा कुमारी बैंक लिमिटेडको ६ प्रतिशत बोनस सेयर बापतको ८३ लाख २७ हजार ८४.९० कित्ता सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद गरी कूल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
६. आशा लघुवित्त वित्तीय संस्था लिमिटेड
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस सेयर बापतको ६ लाख ६७ हजार ८२८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
७. साधना लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस सेयर बापतको ६ लाख ४२ हजार ४५१ कित्ता सेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
८. लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयर बापत ६ लाख ४० हजार ९० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.३६८ प्रतिशत नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
९.नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १२.६११ प्रतिशत बोनस सेयर बापत २ करोड ५ लाख २ हजार ११८.२३ कित्ता सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
१०. सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस सेयर बापतको ४ लाख ६० हजार ३०.६२१ कित्ता सेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश वितरण गरेको हो ।
११. मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयर बापतको २० लाख कित्ता सेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२ प्रतिशत नगद लाभांश गरी कूल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
१२. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको ८ प्रतिशत बोनस सेयर बापतको ८२ लाख ५१ हजार ६१३.३४ कित्ता सेयर सूचीकृत भएको होे । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
१३. बैंक अफ काठमाण्डू लिमिटेड
बैंक अफ काठमाण्डू लिमिटेडको १० प्रतिशत बोनस सेयर बापतको ९६ लाख ५८ हजार १७६.४२९० कित्ता सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
१४. हिमालयन डिस्टिलरी लिमिटेड
हिमालयन डिस्टिलरी लिमिटेडको ७५ प्रतिशत बोनस बापतको ६५ लाख ७ हजार ७६७.८१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
१५. लुम्बिनी विकास बैंक लिमिटेड
लुम्बिनी विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनस सेयर बापतको ३७ लाख ७८ हजार ३८९.६१ कित्ता सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६८४२ प्रतिशत नगद गरी कूल १३.६८४२ प्रतिशत लाभांश वितरण गरेको हो ।
१६. मितेरी डेभलपमेन्ट बैंक लिमिटेड
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १३.३० प्रतिशत बोनस सेयर बापतको १० लाख ६० हजार ५११.३३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
१७. मुक्तिनाथ विकास बैंक लिमिटेड
मुक्तिनाथ विकास बैंक लिमिटेडको १७.५७५ प्रतिशत बोनस सेयर बापतको ८४ लाख ५६ हजार ३००.५३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट १७.५७ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.९२५ प्रतिशत नगद लाभांश गरी कूल १८.४९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
१८. आइसीएफसी फाइनान्स कम्पनी लिमिटेड
आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयर बापतको १० लाख २८ हजार ४९४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट सेयधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
१९. नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडको १४ प्रतिशत बोनस सेयर बापतको १ करोड ७६ लाख ९१ हजार ४६२.०७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको सेयरधनीहरूलाई १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३ प्रतिशत नगद गरी कूल १७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
२०. महिला लघुवित्त वित्तीय संस्था लिमिटेड
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७.५ प्रतिशत बोनस बापतको ४ लाख ७५ हजार कित्ता सेयर सूचिकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट सेयधनीलाई हाल कायम चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.५ प्रतिशत नगर गरी कूल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
२१. लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंक लिमिटेडको ८ प्रतिशत बोनस सेयर बापतको ८५ लाख ५६ हजार ५५१.८९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.५ प्रतिशत नगद गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
२२. ज्योति विकास बैंक लिमिटेड
ज्योति विकास बैंक लिमिटेडको ११ प्रतिशत बोनस सेयर बापतको ४२ लाख २९ हजार ३०५.०६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयधनीलाई कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४.५ प्रतिशत नगद गरी कूल १५.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
२३. सनराइज बैंक लिमिटेड
सनराइज बैंक लिमिटेडको ६.६५ प्रतिशत बोनस सेयर बापतको ६३ लाख ९ हजार ४८३.०९ कित्ता बोन सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कूल ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
२४. गुडविल फाइनान्स कम्पनी लिमिटेड
नेप्सेमा गुडविल फाइनान्स कम्पनी लिमिटेडको ९.१ प्रतिशत बोनस सेयर बापतको ७ लाख ८९ हजार १५२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरूलाई ९.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.९ प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
२५. नेपाल बङ्गलादेश बैंक लिमिटेड
नेप्सेमा नेपाल बङ्गलादेश बैंक लिमिटेडको १२ प्रतिशत बोनस सेयर बापतको १ करोड ८ लाख ५ हजार ७८५.४३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.५० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
२६. प्रभु बैंक लिमिटेड
नेप्सेमा प्रभु बैंक लिमिटेडको १२ प्रतिशत बोनस सेयर बापतको १ करोड ३६ लाख १६ हजार ४६८.७६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कूल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
२७. बुटवल पावर कम्पनी लिमिटेड
बुटवल पावर कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयर २९ लाख ४९ हजार ६६३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको हो ।
२८. गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५.५००४ प्रतिशत बोनस सेयर बापतको १० लाख ८६ हजार ६५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक बर्ष २०७५/७६ को नाफाबाट कायम चुक्ता पूँजीको ५.५००४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२८ प्रतिशत नगद गरी कूल ५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
२९. मेगा बैंक लिमिटेड
नेप्सेमा मेगा बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयर बापतको १ करोड ४६ लाख ५४ हजार ९६४.९५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बानेस सयर र कर प्रयोजनार्थ २.०७ प्रतिशत नगद गरि कूल १२.०७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
३०. ग्लोबल आइएमई बैंक लिमिटेड
नेप्सेमा ग्लोबल आइएमई बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयर बापतको २ करोड १६ लाख ३२ हजार ५०३.०३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
३१. प्राइम कमर्सियल बैंक लिमिटेड
प्राइम कमर्सियल बैंक लिमिटेडको १६ प्रतिशत बोनस सेयर बापतको २ करोड ५७ लाख ३२ हजार ८५९.०४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्त पूक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३१३ प्रतिशत नगद गरी कूल १६.६३१३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
३२. फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस सेयर बापतको ८ लाख ७६ हजार ८१२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
३३. आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.८५ प्रतिशत बोनस सेयर बापतको २ लाख ३३ हजार १५१.४८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । लघुवित्तले आर्थिक बर्ष २०७६/७७ को नाफबाट कायम चुक्ता पूँजीको ८.८५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
३४. सेञ्चुरी कमर्सियल बैंक लिमिटेड
नेप्सेमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ५.७५ प्रतिशत बोनस सेयर बापतको ५१ लाख ९४ हजार ७९६.९६३९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३० प्रतिशत नगद गरी कूल ६.०५ प्रतिशत लाभाशं वितरण गरेको थियो ।
३५. गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको १० प्रतिशत बोनस सेयर बापतको ८ लाख ६४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
३६. प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड
नेप्सेमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयर बापतको १५ लाख ३१ हजार २४८ कित्ता सेयर सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
३७. चिलिमे जलविद्युत् कम्पनी लिमिटेड
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ७.५ प्रतिशत बोनस सेयर बापतको ४७ लाख १० हजार ५५४.४२ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट सेयरधनीहरुका लागि चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
३८. सिद्धार्थ बैंक लिमिटेड
नेप्सेमा सिद्धार्थ बैंक लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयर बापतको १ करोड ५६ लाख २१ हजार २७६.३६ कित्ता सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
३९. कृषि विकास बैंक लिमिटेड
कृषि विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस सेयर बापतको २ करोड १९ लाख ७९ हजार ८५९.६०४५ कित्ता सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५६ प्रतिशत नगद गरी कूल २१.०५६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
४०. नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंक लिमिटेड
नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंक लिमिटेडको ८ प्रतिशत बोनस सेयर बापतको १ करोड ६० लाख कित्ता सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयधनीलाई कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद गरि कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
४१. सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२.७० प्रतिशत बोनस सेयर बापतको २८ लाख ७३ हजार ८७६ कित्ता सेयर सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६६८४ प्रतिशत नगद गरी कूल १३.३६८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
४२. सभिल बैंक लिमिटेड
नेप्सेमा सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयर बापतको ४३ लाख २१ हजार ८३०.४२ कित्ता सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयधनीहरुलाई कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरि कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
४३. शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड
शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको १०.९३ प्रतिशत बोनस सेयर बापतको ३७ लाख २५ हजार ४५१.०५२५ कित्ता सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयधनीहरुलाई कायम चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
४४. नेपाल ल्यूव आयल लिमिटेड
नेप्सेमा नेपाल ल्यूव आयल लिमिटेडको ३० प्रतिशत बोनस सेयर बापतको ९० हजार ५३ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद गरि कूल ३५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
४५. स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड
नेप्सेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको १० प्रतिशत बोनस बापतको ८५ लाख ७२ हजार २३०.८१ कित्ता सेयर सूचीकृत सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।