२ मंसिर, २०८१ आइतबार
03:27:11 AM
२७ फागुन, २०७८
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं
अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ। कम्पनीले १० बराबर ३.९३६२९२६ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न फागुन २६ गते शुक्रबार बोर्डबाट अनुमति पाएको हो। अपी पावरले गत असोज २५ गते हकप्रद निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो।
धितोपत्र बोडबाट अनुमति पाएसँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।