७ मंसिर, २०८१ शुक्रबार
02:33:42 AM
२७ फागुन, २०७८
कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा ११ हजार ७ सय १३ जना आवेदकले २८ करोड २५ लाख ५८ हजार रूपैयाँ बराबरको २८ लाख २५ हजार ५ सय ८१ कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
काठमाडौं
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडमा आवेदन दिने आवेदकले करिब १५५ कित्ता सेयर पाउने छन् । कम्पनीले माघ २७ गते, बिहीबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्कासन साधारण सेयर (आईपीओ) बिहिबार कार्यलय समय पछि बन्द भएको छ ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा ११ हजार ७ सय १३ जना आवेदकले २८ करोड २५ लाख ५८ हजार रूपैयाँ बराबरको २८ लाख २५ हजार ५ सय ८१ कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानियका लागि माग गरेको सेयर संख्या र परेको आवेदनको आधारमा कम्पनीको आईपीओमा आवेदन गर्ने हरेक आवेदकले करिब १५५ कित्ता सेयर प्राप्त गर्नेछन् । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा हाल कायम चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख रुपैयाँको १० प्रशितशतले हुने १८ लाख २७ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्रहरू कमशः जुगल गाउँपालिका वडा नं. २,३ र ४ (साविकको गोल्चे गा.वि.स., गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स.) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ के.भि. प्रशारण लाइनबाट प्रभावित योगय क्रमशः जुगल गाउँपालिकाको वडा न. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको बडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता आईपीओ निष्कासन गरिएको हो ।