२ मंसिर, २०८१ आइतबार

05:30:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

५२.२१ अंकले बढ्यो सेयर बजार, २ अर्ब ७९ करोड १८ लाख बराबरको कारोबार

२६ फागुन, २०७८

बिहीबार इमर्जिङ नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन कम्पनीको सेयर मूल्य प्रति कित्ता ९.९८ प्रतिशतले बढेर ३ सय ४१ रूपैयाँ ५० पैसा पुगेको छ ।

५२.२१ अंकले बढ्यो सेयर बजार, २ अर्ब ७९ करोड १८ लाख बराबरको कारोबार

काठमाडौं
साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार बढेको छ । लगातार घटेको सेयर बजार आज (बिहीबार) बढेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५२.२१ अंकले बढेर २५६६.७९ विन्दुमा पुगेको छ । नेप्से २.०८ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ६.२४ अंकले बढेर ४९३.४३ विन्दुमा पुगेको छ ।

बिहीबार कूल २२६ वटा कम्पनीको ५६ लाख १० हजार ६ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९ सय ७० रूपैयाँ बराबरको कारोबार भएको छ ।  बिहीबार अपि पावर कम्पनी लिमिटेड शिर्ष स्थानमा रहेको छ । कम्पनीको १६ करोड ६५ लाख २९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

 त्यस्तै यस दिन नेपाल दूरसञ्चारको पनि सबैभन्दा बढी कारोबार भएको छ । दूरसञ्चारको १३ करोड १२ लाख रुपैयाँ कारोबार भएको छ।  बिहीबार इमर्जिङ नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन कम्पनीको सेयर मूल्य प्रति कित्ता ९.९८ प्रतिशतले बढेर ३ सय ४१ रूपैयाँ ५० पैसा पुगेको छ । बिहीबार माउन्टेन इनर्जी कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ३.०८ प्रतिशतले घटेर ११ सय रूपैयाँ कायम भएको छ ।