२ मंसिर, २०८१ आइतबार
05:13:23 AM
२६ फागुन, २०७८
नेप्सेमा लघुवित्तको २६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
काठमाडौं
बिहीबार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको २६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरिएको ८ लाख ५० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १७ लाख ५० हजार कित्ता गरी २६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले पहिलो कारोबारको लागि १६७ रुपैयाँ ४३ पैसा देखि ५०२ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ । यही मूल्यको आधारमा आइतबारदेखि लघुवित्तको सेयर कारोबार खुल्नेछ । नेप्सेले कम्पनीको सेयरलाई (RULB) कारोबार संकेत प्रदान गरेको छ ।