७ मंसिर, २०८१ शुक्रबार

02:57:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चिलिमे जलविद्युतको बोनस सेयरधनीहरूको डिम्याट खातामा जम्मा, तपाईंको आयो त ?

२६ फागुन, २०७८

धितो राखेको सेयरको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाटNo Objection Letter प्राप्त भएपछि मात्र बोनस पठाइने

चिलिमे जलविद्युतको बोनस सेयरधनीहरूको डिम्याट खातामा जम्मा, तपाईंको आयो त ?

काठमाडौं
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको छ । पुस २३ गते सम्पन्न भएको कम्पनीको २५ औं वार्षिक साधारण सभाले पारित गरेको ७.५ प्रतिशत बोनस सेयर बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित डिम्याट खातामा फागुन २३ गतेदेखि नै जम्मा गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले उक्त मिति पश्चात् सेयर अभौतिकीकरण गराएका सेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित सेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने भएकाले सेयर अभौतिकीकरण गराउन कम्पनीले अनुरोध गरेको छ । धितो राखेको सेयरको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाटNo Objection Letter प्राप्त भएपछि मात्र बोनस पठाइनेछ । कम्पनीको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।